युद्द बिराम उलङघन गर्दै इजरायलद्दारा लेबनानमा बमवारी जारी

तेल अभिव। इजरायली सेनाले दक्षिणी लेबनानमा थप आक्रमण सुरु गरेको छ।
इजरायली सेनाले दक्षिणी लेबनानमा रातारात थप हमला गरेको बताएको छ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सी एनएनएका अनुसार मध्यरातमा इजरायली सेनाले बानी हाइयान सहरको वरपर बमबारी गरेको हो । ‘अर्को आक्रमण केफर किलामा गरेको थियो, जसको आवाज दक्षिणभर सुनिएको थियो,’ एनएनले रिपोर्टमा भनेको छ।
यसअघि इजरायली सेनाले मारुन अल रस सहरको बाहिरी भागमा रहेको आफ्नो स्थानबाट हेभी मेसिन गनका साथ बिन्ट जबेल सहरलाई घेराउ गरिरहेको बताएको थियो। पछिल्लाे हमलावाट के कति हताहत भए ? साे बारेमा कुनै खुलि सकेकाे छैन।
आक्रमणहरू नोभेम्बरको अन्त्यदेखि जारी रहेको हिजबुल्लाहसँगको युद्धविरामको इजरायल सेनाले गरेको पछिल्लो उल्लङ्घनको रुपमा हेरिएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर