बंगलादेश-पाकिस्तानसँग नजिक हुने क्रम जारी, गरे रक्षा सम्झौता

इस्लामबाद। पाकिस्तान र बंगलादेशले बलियो रक्षा सम्बन्धको महत्त्वलाई जोड दिएका छन।
सैन्य सम्बन्धलाई अझ गहिरो बनाउने उपायहरू खोज्नमा दुवै देशको सुरक्षा प्रमुखहरू बिचमा सम्झौतासमेत भएको छ।
बंगलादेशको सशस्त्र बल डिभिजनका प्रिन्सिपल स्टाफ अफिसर (पीएसओ) लेफ्टिनेन्ट जनरल एस. एम कमर उल हसनको पाकिस्तान भ्रमणका क्रममा यो सम्झौता भएको जनाइएको छ। उनले रावलपिण्डीस्थित जनरल हेडक्वार्टर (जीएचक्यू) मा सेना प्रमुख जनरल असिम मुनिरसँग महत्वपूर्ण भेटवार्ता गरेका थिए। सेनाका अनुसार भेटका क्रममा दुई पक्षबीच यस क्षेत्रको सुरक्षा चासो र द्विपक्षीय सैन्य सहयोग अभिवृद्धि गर्ने उपायहरूका बारेमा विस्तृत छलफल भएको थियो।
पाकिस्तानी सेनाका अनुसार दुबै देशले बलियो रक्षा सम्बन्धको महत्त्वलाई जोड दिएका छन र साथै, दुई देशहरू बीचको स्थायी साझेदारी बाह्य प्रभावहरू विरुद्ध प्रभावकारी हुनुपर्छ भन्नेमा पनि सहमत भएका छन। दुई देशबीचको यो सम्झौताले पाकिस्तान र बंगलादेशले आफ्नो सुरक्षा साझेदारीलाई मजबुत बनाउने तयारी गरिरहेको संकेत गरेको टिप्पणी गरिएको छ। दुई देशबीचको यो सम्झौता सुरक्षा र क्षेत्रीय स्थायित्वको दृष्टिकोणबाट महत्वपूर्ण हुनसक्ने जनाइएको छ।
उल्लेखनीय छ कि गत वर्ष अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि शेख हसिनाको सरकार ढालिएको थियो। त्यसपछि मोहम्मद युनुस बंगलादेशको अन्तरिम प्रधानमन्त्री नियुक्त भएका थिए। माेहम्मद युनुस नियुक्त भएदेखि नै ढाका र इस्लामावादबीचको मित्रता गाढा हुँदै गएको देखिन्छ। भारतसँग टाढिदैँ गएको बंगलादेश क्रमशः उसैसँग युद्दमार्फत छुटिएको पाकिस्तानसँग भने क्रमशः नजिक हुदैँ गएको छ।
सोही क्रममा गत डिसेम्बरमा कायरोमा भएको सम्मेलनमा दुवै नेताबीच उच्चस्तरीय भेटबार्ता भएको थियो। सो भेटबार्तामा पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ र युनुसबीच आपसी हितका सबै क्षेत्रमा द्विपक्षीय सहयोग सुधार गर्ने सहमति भएको थियो। चाँडै नै पाकिस्तानका बिदेश मन्त्री २४ बर्ष पछि बंगलादेशको औपचारिक भ्रमणमा पनि जाँदैछन्।
ताजा अपडेट
