गाजामा युद्बबिराम आइतवार बिहान ८ः३० बजेवाट लागु हुने

गाजा। अन्ततः हमास र इजरायलका बिचमा युद्बबिराम भएको छ।
इजरायली मन्त्री परिषदले अनुमोदन गरे पछि यो युद्दबिराम आइतवारवाट लागु हुने भएको हो।
समाचार अनुसार युद्धविरामको कार्यान्वयन आइतबार बिहान ८ः३० बजे सुरु हुने कतारको बिदेश मन्त्रालयले जनाएको छ।
कतारको विदेश मन्त्रालयका प्रवक्ताले गाजाको स्थानीय समय अनुसार आइतबार बिहान ८ः३० बजेबाट गाजामा युद्धविराम सुरु हुने घोषणा गरेका हुन्।
‘हामी हाम्रा भाइहरूलाई सतर्क रहन, अत्यन्त सावधानी अपनाउन र आधिकारिक स्रोतहरूबाट निर्देशनहरू पर्खन सल्लाह दिन्छौं,’ प्रवक्ता माजेद अल अन्सारीले अरबीमा सामाजिक सञ्जाल एक्समा लेखेका छन।
हमास र इजरायलका बिचमा युद्बबिराम गराउन कतारले उल्लेखनीय भुमिका खेलेको छ। उसैको पहलमा १५ महिना लामो युद्द रोकिन लागेको हो। जसले मध्य पुर्वमा शान्ति छाउने विश्वास ब्यक्त गरिएको छ।
ताजा अपडेट
