आन्तरिक रोजगार प्रवद्र्धनका लागि विश्व बैंक सहयोग आवश्यक : मन्त्री भण्डारी

आन्तरिक रोजगार प्रवद्र्धनका लागि विश्व बैंक सहयोग आवश्यक : मन्त्री भण्डारी

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनैतिक कर्ययोजना अघि बढाउन विश्व बैंक लगायतको बिकास साझेदारको सहयोग आवश्यक रहेको बताएका छन।

मन्त्रालयमा आयोजित एक कार्यक्रममा विश्व बैंक नेपालका प्रतिनिधिसंग सहकार्यका लागि वृहत छलफल गरेका हुन। श्रम बजारको बिकास बिकास र बिस्तार गर्नु पर्ने आवश्यकता देखिएको बताउदै मन्त्री भण्डारीले आन्तरिक रोजगार प्रवद्र्धनका लागि माग, आपूर्ति र श्रम बजार ब्यबस्थापनका सबै क्षेत्रमा रणनैतिक कार्ययोजना तयार गरिरहेको बताए।

आगामी दशक श्रम तथा रोजगारीको क्षेत्रमा रुपान्तरणको दशक बनाउन दक्ष जनशक्ति बिकास र उपयोगको लागि मानव पूँजि निर्माणमा सरकारले लगानी बिस्तार हुँदै गरेको उनले जानकारी दिए।

छलफलमा मन्त्रीका श्रम बिज्ञ सल्लाहकार युबराज बस्नेतले मन्त्रालय तथा बिश्व बैंक बीच थप समन्वय सहकार्यको क्षेत्रका सम्बन्धमा प्रस्तुति गरेका थिए। छलफलमा श्रम संसार प्रणालीको स्तरोन्नतिका सम्बन्धमा स्वीस कन्ट्याक्ट्बाट जानकारी लिइएको थियो।



No ads found for this position