कम्बोडियामा बिचल्लीमा परेका २२ नेपालीलाई एनआरएनएले गर्‍याे उद्धार

कम्बोडियामा बिचल्लीमा परेका २२ नेपालीलाई एनआरएनएले गर्‍याे उद्धार

काठमाडौं । । कम्बोडियामा वैदेशिक रोजगारका लागि पुगेका २२ नेपाली बिचल्ली परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले उद्धार गरेर स्वदेश फर्काएको छ ।

दलालले विभिन्न प्रलोभनमा पारेर कम्बोडिया पुगेका नेपालीहरुको भिसा नभएपछि अलपत्र परेका थिए । कन्ट्रक्शनको काम गर्न भनी ३ देखि ६ लाख रुपैयाँसम्म दलाललाई तिरेर कम्बोडिया पुगेका नेपालीहरु बिचल्ली परेपछि एनआरएनले बुधबार स्वदेश फर्काउन सफल भएको एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले बताए ।

२२ जना नेपालीलाई धनकुटाका हरिकुमार राई र कम्बोडिया बस्ने उनका भाई सागर राईले फसाएको पीडितको भनाइ छ ।

दूतावासको निर्देशन अनुसार उनीहरुले गत २० अक्टोबरमा स्वदेश फर्कन आफ्नै पैसाबाट टिकट काटेका थिए तर उनीहरुलाई ओभर स्टे भन्दै कम्बोडिया इमिग्रेशनले फर्काएको थियो ।

एनआरएनले कम्बोडियाबाट उद्धार गरेका नेपाली

१. लाल बहादुर थापामगर
२. मेहेरमान तामाङ
३. मिलन श्रेष्ठ
४. चन्दन सरदार
५. सन्तोष राई
६.पदम कुमार राई
७. मनिकुमार राई
८. इश्वरी प्रसाद पौडेल
९. मोतिलाल मगर
१०. डम्बर बहादुर मगर
११. हेम कर्ण लिम्बु
१२. सुर्य बहादुर खत्री
१३. डिल्ली प्रसाद खत्री
१४. शेर बहादुर खड्का
१५. नन्द बहादुर बुढाथोकी
१६. रमेश कुमार भुजेल
१७. नारायण भण्डारी
१८. रिनोज बस्नेत
१९. प्रकाश बस्नेत
२०. नारायण बहादुर अधिकारी
२१. दिपेन अधिकारी
२२. विपिन अधिकारी

 



No ads found for this position