अल्जेरियाको जंगलमा विनाशकारी डढेलो, २६ जनाको मृत्यु

एजेन्सी, अल्जिअर्स। उत्तरी अल्जेरियाको जंगलमा लागेको डढेलोमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
डढेलोमा परेर ट्युनिसियाको सिमानामा पर्ने एल टार्फमा २४ जनाको मृत्यु भएको र सेतिफमा आमा र छोरीको मृत्यु भएको गृहमन्त्री कमेल बेल्डजाउडले बताए।
हेलिकप्टरको सहयोगमा अग्निनियन्त्रकहरूले बुधबार साँझ पनि आगो निभाउने प्रयास गरिरहेका थिए। विभिन्न प्रान्तमा करिब ३५० जना बासिन्दालाई विस्थापित गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ।
डढेलोबाट एल टार्फ सबैभन्दा बढी प्रभावित भएको नागरिक सुरक्षा निकायले जनाएका छन्। उक्त स्थानमा १६ वटा ठाउँमा आगलागी भएको जनाइएको छ।
सेतिफमा ज्यान गुमाएका ५८ वर्षीया आमा र उनकी ३६ वर्षीया छोरीको नाम भने खुलाइएको छैन। तर, त्यहाँका अधिकारीहरूले दर्जनौँ घर र गाउँमा आगो फैलिएको बताएका छन्।
उत्तरी अल्जेरिया हरेक वर्ष जंगलमा लागेको डढेलोबाट प्रभावित भएको छ। गत १ लाख हेक्टर क्षेत्रमा फैलिएको डढेलोबाट ९० जनाको मृत्यु भएको अनुमान गरिएको थियो।
ताजा अपडेट
