नातीको मुख हेर्न जापान पुगेका दम्पत्तीको मृत्यु

काठमाडौं। नातीको मुख हेर्न जापान पुगेका एक नेपाली दम्पत्तीको सडक दुर्घटनामा ज्यान गएको छ।
रुकुम पश्चिमका बिष्ट दम्पत्तीले दुर्घटनामा ज्यान गुमाएका हुन्।
जापानको ओकिनावा बस्दै आएका भुपाल बिष्टका आमाबुवाको शनिबार साँझ कारको ठक्करबाट निधन भएको हो।
जापानमा रहेका छोराबुहारीले उनीहरूलाई भर्खरै जन्मिएको नातीको मुख हेर्न बोलाएका थिए।
शनिबार बेलुका साढे ५ बजे उरासो सहरको मियागीमा रहेको जिनोवान सिटी स्टयाच्यु राष्ट्रिय रुट ५८ बाट ट्राफिक लाइट भएको ठाउँमा हिँड्दै गर्दा कारले ठक्क दिएको थियो।
उनीहरूलाई तत्कालै अस्पताल पुर्याइएपनि उनीहरूको राति ८ बजे मृत्यु भएको जानकारी चिकित्सकले दिएका थिए।
बिष्ट दम्पत्ती २ महिनाअघि मात्र जापान पुगेका थिए।
दुघर्टनाबारे उरासो प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।