क्यानाडामा दुई नेपाली विद्यार्थीको मृत्यु

क्यानाडामा दुई नेपाली विद्यार्थीको मृत्यु

काठमाडौंँ। कार दुर्घटनामा परी क्यानडामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाका अध्यक्ष माधव दुलालका अनुसार अन्टारियो प्रान्तको दक्षिणमा पर्ने लण्डनमा मंगलबार बिहान तीन कार ठोक्किएका थिए।

कार दुर्घटनामा मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी युवती हुन्। उनीहरु दुवै जना अविवाहित भएको बुझिएको छ।

उनीहरू लण्डनस्थित फेन्सअ कलेजमा अध्ययनरत रहेका थिए।

दुई वर्षअघि क्यानडा पुगेका उनीहरु बिहान काममा जान लागेको समयमा कार दुर्घटनामा परेको थियो।



No ads found for this position