विदेशमा अलपत्र श्रमिकको अधिकार संरक्षण गर्न नेपाल सरकार असफल : एम्नेस्टी इन्टरनेसनल

काठमाडौं ।एम्नेस्टी इन्टरनेसनलले विदेशमा अलपत्र नेपाली श्रमिकको अधिकार संरक्षण गर्न नेपाल सरकार असफल भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।
एम्नेस्टी इन्टरनेसनलले बुधबार सन् २०२०-२१ को प्रतिवेदन सार्वजनिक गर्दै कोभिड–१९ का कारण बन्दाबन्दी लागू भएपछि विदेशमा अलपत्र परेका लाखौं नेपाली आप्रवासी श्रमिकको अधिकार संरक्षण गर्न सरकार विफल बताएको हो।
वैदेशिक रोजगार कल्याणकारी कोषको माध्यमबाट आप्रवासी श्रमिकहरुको संरक्षण र सुलभ स्वदेश फिर्ती प्रक्रिया सुनिश्चित गर्न सरकार असफल भएको प्रतिवेदनमा उल्लेख छ । जेठमा कैलाली जिल्लाको क्वारेन्टाइन सुविधास्थलमा बसेकी एकजना आप्रवासी महिला बलात्कृत भएको घटनालाई पनि प्रतिवेदनमा समावेश गरेको छ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर