पोर्चुगलको समुन्द्रमा डुबेर १ नेपाली युवाको मृत्यु, अर्का युवा बेपत्ता

पोर्चुगलको समुन्द्रमा डुबेर १ नेपाली युवाको मृत्यु, अर्का युवा बेपत्ता

लिस्बन। पोर्चुगलको समुद्रमा डुबेर एक नेपाली युवाको ज्यान गएको छ।

शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो।

यस्तै, सोही स्थानमा अर्का नेपाली टेकबहादुर तामाङ बेपत्ता भएका छन्।

उनीहरू शनिबार राति बेपत्ता भएका थिए।

बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा फेला पारेको थियो।



No ads found for this position