मिडियाप्रति फेरि आक्रामक रवी
![मिडियाप्रति फेरि आक्रामक रवी](https://www.prawaskhabar.com/wp-content/uploads/2024/05/rabi.jpg)
काठमाडौं। करिब दुई महिनापछि संसदको रोष्ट्रममा बोल्न पाएका उपप्रधान तथा गृहमन्त्री रवी लामिछाने फेरि सञ्चारमाध्यमप्रति रुखो अभिव्यक्ति दिएका छन्।
आफूमाथि लागेका तमाम आरोपहरूलाई अस्वीकार गर्दै उनले ‘मिडिया ट्रायल’ गरेर बिपक्षीले हुँदै नभएको मुद्दामा आफूलाई फसाउन खोजेको आरोप पनि लगाए।
समाचारमा आएका कैयौ सांसद र नेताहरूको नाम आएको पनि उल्लेख गर्दै उनले आफू भने त्यो ‘ट्रायलमा उत्रिएर तत्लोस्तरको राजनीति गर्न नचाहेको’ दाबी पनि गरे।
‘मलाई मेरै नजिकका साथीहरूले भनिरहनुभएको छ मिडिया मिलाउनुस् भनेर’ उनले भने ‘तर म मिडिया मिलाउन राजनीतिमा आएको होइन। म नियम, कानुन मिलाउन आएको हुँ। बालुटार, बालमन्दिरको मुद्दाहरू मिलाउन आएको हुँ। तर मिडिया मिलाउन होइन।’
सम्बोधनका हरेक वाक्यहरूमा उनले मिडियामै आएका सन्दर्भ मुद्दाहरूका बारेमा बोलिरहेका छन्।
ताजा अपडेट
![उम्मेदवारी छोड्न बाइडेनमाथि दबाब](https://www.prawaskhabar.com/wp-content/uploads/2024/07/newskarkahna-news723310.jpg)
उम्मेदवारी छोड्न बाइडेनमाथि दबाब
![रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै](https://www.prawaskhabar.com/wp-content/uploads/2024/07/thumb.png)
रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै
![रास्वपा बैठक : ७० प्रतिशत सदस्यले राखे धारणा](https://www.prawaskhabar.com/wp-content/uploads/2024/07/newskarkahna-news723140.-1.png)
रास्वपा बैठक : ७० प्रतिशत सदस्यले राखे धारणा
![सरकारबाट मन्त्री फिर्ता गर्न डरायाे एमाले](https://www.prawaskhabar.com/wp-content/uploads/2021/05/KP-Oli.jpg)