प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीमा

प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँदिल्ली पुगेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसाे नयाँदिल्ली गएका हुन्।

उनलाई नयाँदिल्ली विमानस्थलमा भारतीय विदेश मन्त्रालयका ओएसडी पी कुमारनले स्वागत गरेका छन्।

प्रधानमन्त्रीका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी नयाँदिल्ली गएका छन्।

तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले भारतको प्रधानमन्त्री पदको आज साँझ शपथ लिने कार्यक्रम छ।

सो शपथ समारोहपछि प्रधानमन्त्री प्रचण्ड र उनका समकक्षी मोदीबीच आज साँझ भेटवार्ता हुने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ। प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्कने कार्यक्रम छ।



No ads found for this position