वैदेशिक रोजगार विभाग घेराउ जारी राख्ने आईटी आर्मीकाे चेतावनी
![वैदेशिक रोजगार विभाग घेराउ जारी राख्ने आईटी आर्मीकाे चेतावनी](https://www.prawaskhabar.com/wp-content/uploads/2024/06/5fd6615c-54b7-4a7d-9fc8-69354004771e.jpeg)
काठमाडौं। आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन माग गर्दै आन्दोनल जारी राखेकाे छ।
आईटी आर्मीले आज दशौँ दिन पनि नारा-जुलुससहित काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार विभाग घेराउ गरेको छ।
नवौं दिनसम्म वैदेशिक रोजगार विभाग अगाडि धर्ना एवं घेराउ गर्दै आएका आन्दोलनकारीले सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सरकारका बिरुद्धमा चर्को नारावाजी समेत गरेका छन्।
वैदेशिक रोजगार विभागको कार्यालय अगाडि निरन्तर नारा-जुलुस भइरहेको छ। सरकार र विभागको विरुद्धमा नाराजुलुस गर्दै विभाग घेराउ गरिए पनि सरकारले नसुने जस्तै गरिरहेको छ। सरकारले आफूहरुको माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने उनीहरुले जनाएका छन्।
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले सरकारले आफूहरुको माग सम्बोधनमा ढिलाई गरेकाले आन्दोलनलाई थप कडा बनाउँदै अगाडि बढने बताए।
चर्को गर्मीका बीचमा विगत नौँ दिनदेखि वैदेशिक रोजगार क्षेत्रका पीडितलाई न्याय दिनुपर्ने मागसहित निरन्तर आन्दोलन भइरहेको भए पनि सरकारले कानमा तेल हालेर बसेको टिप्पणी उनले गरेका छन्।
आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अवैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरु समाधान गर्नुपर्ने माग गर्दै विभाग घेराउ एवं धर्ना दिइएको हो।
आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी आन्दोलनकारीको छ।
आईटी आर्मीका अध्यक्ष साहका अनुसार विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेन्टलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री–भिसा फ्री–टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्नेलगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए।
यसअघि आईटी आर्मीले ११ बुँदे मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै विभागलाई ज्ञापन पत्र समेत बुझाइसकेको छ।
ताजा अपडेट
![उम्मेदवारी छोड्न बाइडेनमाथि दबाब](https://www.prawaskhabar.com/wp-content/uploads/2024/07/newskarkahna-news723310.jpg)
उम्मेदवारी छोड्न बाइडेनमाथि दबाब
![रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै](https://www.prawaskhabar.com/wp-content/uploads/2024/07/thumb.png)
रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै
![रास्वपा बैठक : ७० प्रतिशत सदस्यले राखे धारणा](https://www.prawaskhabar.com/wp-content/uploads/2024/07/newskarkahna-news723140.-1.png)
रास्वपा बैठक : ७० प्रतिशत सदस्यले राखे धारणा
![सरकारबाट मन्त्री फिर्ता गर्न डरायाे एमाले](https://www.prawaskhabar.com/wp-content/uploads/2021/05/KP-Oli.jpg)