हरि वुढा मगरले डेनाली शिखर चुमे

हरि वुढा मगरले डेनाली शिखर चुमे

काठमाडौ‌। अफगानिस्तानमा दुवै खुट्टा गुमाएका पूर्व गोर्खा सैनिक हरि वुढा मगरले उत्तर अमेरिकाका सभै भन्दा अग्लो डेनाली शिखर आरोहण गरेका छन्।

‘हामीले २८ जुन २०२४ को साँझ ७.३० बजे उत्तर अमेरिकाको सबैभन्दा अग्लो डेनाली हिमालको आरोहण गरेका छौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,  ‘जीवन भनेको अनुकूलनको हो, केहि पनि असम्भव छैन।’

बुढा मगर डेनाली शिखरमा पुग्ने पहिलो घुँडा माथिको एम्प्युटी बनेका छन्। आफ्नो आरोहण अभियानमा सहयोग र समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन्।

उनले २०२३ मेमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्वकै डवल एम्पुटी (घुडा माथी ) व्यक्तीको कीर्तिमान राखेका थिए।



No ads found for this position