साफ यू-२० च्याम्पियनसिप : पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान भिड्दै

काठमाडौं। काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि शुरु हुदै छन्। सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दै छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ।
यस प्रतियोगितामा नेपाल समुह ए का दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनल खेल्दै छ। नेपालले समुह चरणमा श्रीलंकालाई १-० ले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो।
त्यस्तै भुटान भने समुह बी मा उपविजेता भन्दै सेमिफाइनलमा खेल्दै छ। भुटानले माल्दिभ्सलाई २-१ ले पराजित गरेको थियो भने भारतसँग १-० ले पराजित भएको थियो।
त्यस्तै दोस्रो सेमिफाइनल खेल भारत र बंगलादेशबीच सोमबार हुने छ। प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका रहेको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर