हिजबुल्लाहविरुद्धको जमिनी लडाईमा इजरायलका ८ सैनिकको मृत्यु

हिजबुल्लाहविरुद्धको जमिनी लडाईमा इजरायलका ८ सैनिकको मृत्यु File Photo

काठमाडौँ। लेबनानमा हिजबुल्लाहविरुद्धको जमिनी लडाई लड्न गएका आठ इजरायली सेनाको मृत्यु भएको छ।

इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै लेबनानमा आफ्ना आठ सात सैनिक मारिएको जनाएको छ।

इजरायलले दक्षिणी लेबनानमा स्थलगत कारबाही सुरु गरेको छ। यद्यपि इजरायलले भने यो कारबाही सीमित हुने जनाएको छ।

यसअघि इजरायलले लेबनानमा आफ्ना एक सैनिकको मृत्यु भएको बताएको थियो, जसको पहिचान क्याप्टेन एथान यित्जाकको रूपमा खुलासा गरिएको थियो। कप्तान एथान २२ वर्षका थिए। क्याप्टेन एथान लेबनानमा भूमिगत कारबाहीमा मारिने पहिलो इजरायली सैनिक थिए। कप्तान एथान इगोज युनिटको टोली कमाण्डर थियो, जुन एक एलिट कमाण्डो समूह हो।



No ads found for this position