एनआरएनएका हरेक मुद्धामा सरकारले सहयोग पुर्‍याउँछ : प्रधानमन्त्री

एनआरएनएका हरेक मुद्धामा सरकारले सहयोग पुर्‍याउँछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सरकारले सकेको सहयोग पुर्‍याउने बताएका छन्।

सोल्टी होटलमा आयोजित संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एनआरएनए विवादमामा सरकारले हस्तक्षेप नगर्ने बरु सहयोग गर्ने बताएका हुन्।

‘हामी कुनै प्रकारको हस्तक्षेप गर्दैनौ, सकेको सहयोग पुर्‍याउँछौ’, प्रधानमन्त्री ओलीले भने, ‘तपाईहरु एकताबद्ध भएर चल्नुस्, के गर्नुपर्छ हामी सहयोग गर्छौ।’

एनआरएनएका हरेक मुद्धा समाधानमा सरकारको साथ रहने उनले बताए।

उनले एनआरएनए जस्तो सामाजिक संस्थालाई नेपालको राजनीतिबाट अलगै बनाउनु पर्नेमा जोड समेत दिए।

उनले राजजीतिक दलका आआफ्नै संगठनहरु भए पनि संस्थाभित्र राजनीति नर्गन सुझाव दिएका हुन्।

‘पोलिटिकल पार्टीका आफ्नै संगठनहरु होलान्, त्यल्ले आफ्नो काम आफैं गर्ला, यस संगठन भित्र पोलिटिकल ‘टग अफ वार’ नगरौं,’ ओलीले भने।

एनआरएनएलाई राजनीतिक हस्तक्षेप र प्रयोगबाट बाहिरै राख्नुपर्ने कुरा आफूले लामो समयदेखि बताउँदै आएको समेत ओलीले बताए।

उनले संविधानमै गैरआवासीय नेपालीहरूको नागरिकताका लागि व्यवस्था गरिएको भन्दै त्यो व्यवस्था कार्यान्वयन गर्न सरकार तयार रहेको समेत बताए।

गैरआवासीय नागरिकताको सहज कार्यान्वयनका लागि सरकारले सबै सहयोग गर्ने प्रतिबद्धता ओलीले जनाए।

सांधारणसभाको उद्घाटन सत्रमा गृहमन्त्री रमेश लेखक र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले समेत सम्बोधन गरेका थिए।

 

 



No ads found for this position