‘ट्रोल’ गर्नेलाई ५ लाख जरिवाना तिराउने गरी सरकारले ल्यायो विधेयक

‘ट्रोल’ गर्नेलाई ५ लाख जरिवाना तिराउने गरी सरकारले ल्यायो विधेयक File Photo

काठमाडाैं। सरकारले ट्रोल गर्ने व्यक्तिलाई पाँच लाख रुपैयाँसम्म जरिवाना तिराउने विधेयक संसदमा पेस गरेकाे छ।

सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ट्रोल गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ल्याएको हो।

राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक दर्ता गराएका हुन्।

‘कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृष्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच मानिने कार्य नगर्ने,’ विधेयकमा भनिएको छ, ‘यस विपरीतको कार्य गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई विभागले पाँच लाख रुपैयाँ सम्म जरिवाना गर्न सक्नेछ।’

तर ट्रोल गर्ने व्यक्तिलाई जरिवाना तिराउनुअघि सफाईको मौका दिइने पनि विधेयकमा उल्लेख छ।



No ads found for this position