नेपालमा एमसीसी परियोजना स्थगित

नेपालमा एमसीसी परियोजना स्थगित File Pic

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले अन्ततः नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यक्रम प्रभावित भएको छ।

नेपालमा अमेरिकाको एक मुख्य सहयोग कार्यक्रम एमसीसी अहिलेका लागि स्थगन गरिएको अर्थमन्त्रालयका प्रवक्ता एवं सहसचिव श्यामप्रसाद भण्डारीले बताएका छन्।

मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीले आफ्नो कार्यक्रम स्थगनबारे मन्त्रालयका अधिकारीलाई इमेलबाट जानकारी दिएकाले मन्त्रालयले स्थगनको निर्णय गरेको उनले बताए।

एमसीसीले इमेल लेखेर परियोजना स्थगित भएको अर्थ मन्त्रालयलाई जानकारी गराएको छ। अर्थ मन्त्रालयका अनुसार फागुन २ गते एमसीसीले इमेल लेखेको थियो।

अर्थ मन्त्रालयले राष्ट्रपति ट्रम्पको २०२५ जनवरी २० को कार्यकारी आदेशबमोजिम एमसीसी परियोजना ९० दिनका लागि स्थगित भएको जनाएको छ।

नेपाल सरकार र अमेरिकाबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो।



No ads found for this position