जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाँदै रवि

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाँदै रवि File Photo

काठमाडौं। जिल्ला अदालतको आदेशलाई पुनरावेदनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछानेले उच्च अदालत पाटनमा निवेदन दिने भएका छन्।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचनसँग सम्बन्धित मुद्दामा जिल्ला अदालत काठमाडौंले गत माघ २ गते उनलाई ६० लाख धरौटीमा छोड्न आदेश दिएको थियो। त्यही आदेश विरुद्ध उनी उच्च अदालत पाटन जान लागेका हुन्।

यसअघ बिहीबार उनी रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा गएका थिए। त्यहाँ यसअघि नै निवेदन दर्ता भए पनि इजलासले उनको निवेदन हेर्न नमिल्नेमा राखिदिएपछि दिनभरि कुरेर उनी काठमाडौं फर्किएका थिए।



No ads found for this position