बिदाले सोमवारसम्म रबि प्रहरी हिरासतमै

बिदाले सोमवारसम्म रबि प्रहरी हिरासतमै File Photo

भैरहवा। शनिबार र आइतबार सार्बजनिक बिदा भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई सोमवारसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा रहने भएका छन्।

प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा भएकोले सोमवारसम्म प्रहरी हिरासतमा रहने भएका हुन्।

‘दुइ दिन सार्बजनिक बिदा भएकाले सोमवारसम्म उहाँ प्रहरी हिरासतमा रहनु हुन्छ, बिदा खुल्ने बितिक्कै पहिला अदालत पेस गरेर मात्रै अनि कारागार पठाउने छौं।’ उनले भने।

सहकारीको रकम अपचलनकै कसुरमा यसअघि पक्राउ गरेर पुर्पक्षमा कारागारमै रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरूङलाई भैरहवा जिल्ला कारागारको बल्क नं. १ मा राखिएको छ भने छविलाल जोशीलाई ब्लक नं. २ मा राखिएको छ।

सोमबारदेखि रवि र छविलाई एउटै ब्लकमा राख्ने गरी तयारी भइरहेको कारागार स्रोतले जनाएको छ।



No ads found for this position