यूएईमा पनि नेपाली नागरिकलाई प्रतिबन्ध

यूएईमा पनि नेपाली नागरिकलाई प्रतिबन्ध

दुबई। यूनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ।

नेपालमा बढ्दो कोरोना महामारीलाई मध्यनजर गर्दै यूूएईले बुधबार राती १२ बजेदेखि लागु हुने गरि अनिश्चितकालका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

नेपालबाट उड्ने जहाजलाई पनि ट्रान्जिटमा प्रतिबन्ध लगाइएको छ। कार्गो फ्लाइट भने सुचारु रहने छन्। यूएईको ‘नेशनल इमर्जेन्सी क्राइसेस एण्ड डिजास्टर मेनेजमेन्ट अथोरिटी’ ले सोमबार यसको घोषणा गरेका हो।

यूएईले नेपालबाट प्रवेश गर्ने आफ्ना नागरिकलाई पनि प्रतिबन्ध लगाएको छैन। यस्तै, कुटनीतिक मिशन, सरकारी पदाधिकारी, गोल्डेन भिसा तथा व्यक्तिगत जहाज भएका व्यक्तिलाई पनि रोक लगाएको छैन।

नेपालबाहेक यो नियम श्रीलंका, पाकिस्तानी तथा बंगलादेशीलाई पनि लागू हुनेछ। भारतीयलाई भने यसअघि नै प्रतिबन्ध लगाइसकेको छ।



No ads found for this position