कुवेतले पनि लगायो नेपाली नागरिकलाई प्रतिबन्ध

कुुवेत सिटी । कुवेतले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ।
नेपालमा पछिल्लो समय बढिरहेको ‘नयाँ भेरियण्ट’को कोरोना महामारीलाई मध्यनजर गर्दे अनिश्चितकालका लागि प्रतिवन्ध लगाउने निणर्य गरेको हो।
कुवेतको नागरिक उड्डयन महानिर्देशनालयले अर्काे सूचना जारी नभएसम्म नेपालसहित पाकिस्तान, बंगालदेश र श्रीलाकाबाट हुने सिधा हवाइ उडानलाई स्थगित गरेको हाे।
यद्यपी यी देशबाट कम्तीमा १४ दिन बाहिर बसेर कुवेत प्रवेश गर्न चाहनेलाई भने निषेध गरिनेछैन।
यी देशबाट हुने कार्गाे उडान भने रोकिने छैनन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर