अन्जन र नवयुगले नेपाललाई जित दिलाए

अन्जन र नवयुगले नेपाललाई जित दिलाए

कुवेत सिटी।अन्जन बिस्ट र नवयुग श्रेष्ठको गोलको सहयोगले विश्व कप छनोटअन्तर्गत चाइनीज ताइपेईविरूद्धको दोस्रो खेलमा पनि नेपाल २–० ले विजयी भएको छ।

नेपालले पहिलो चरणको खेलमा पनि ताइपेईलाई २–० ले नै जित हात पारेको थियो। अघिल्लो दुई खेलमा नेपाललाई विजय दिलाउन दुई गोल गरेका अन्जनले नै दोस्रो खेलमा पनि सुरुवाती अग्रता दिलाए।

अन्जनले खेल सुरु भएको तीन मिनेटमा पाएको पेनाल्टीको मौकालाई गोलमा परिणत गरेका थिए। ताइपेईविरूद्ध उनको यो तेस्रो गोल थियो।

नेपालले दोस्रो गोल ८० मिनेटमा गर्यो। दोस्रो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका नवयुगले गरे। नेपालले अंक तालिकामा ६ अंक जोडेको छ।



No ads found for this position