कार्यकाल सकाएर आज फर्किदै राजदूत राजपुत

काठमाडौं। साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुत आफ्नो चार वर्षे कार्यकाल पुरा गरेर आज नेपाल फर्किदै छन्।
कोरोना महामारीका कारण केही दिनअघि उनको कार्यकाल पुरा भएपनि उतै अड्किएका थिए। कोरोनाका कारण सरकारले साउदी अरबको उडान खोलेको छैन। उनी कतारको दोहा हुँदै नेपाल फर्किन लागेका हुन्।
२०७४ साल जेठ २० गतेदेखि उनले रियादस्थित नेपाली दूतावासमा कार्यभार सम्हालेका थिए। सरकारले हालै नयाँ राजदूत मेहराज मुसलमानलाई नियुक्त गरेपछि उनी नेपाल फर्किन लागेका हुन्।
कोरोनाका कारण साउदीमा फसेका नेपालीहरुलाई देश फर्काउन राजपुतले पहल गरिरहेका थिए। साउदीबाट यही हप्ता नै उडान सूचारु हुने बताइएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर