एनआरएनए माल्टाको नेतृत्वका लागि १३ बुँद्धे प्रतिबद्धतासहित रेम्सको उम्मेदवारी

एनआरएनए माल्टाको नेतृत्वका लागि १३ बुँद्धे प्रतिबद्धतासहित रेम्सको उम्मेदवारी

माल्टा। गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन नजिकिदै जाँदा युवा उद्यमी रेमलाल खनाल (रेम्स) ले माल्टाका लागि अध्यक्ष पदको उम्मेदवारी दिने घोषणा गरेका छन्।

रेम्सले २०२१–२३ सम्मको कार्यकालका लागि समावेशी समूहको नेतृत्व गर्ने घोषणा गर्दै १३ बुँद्धे प्रतिबद्धता–पत्र पनि सार्वजनिक गरेका छन्। जसमा राष्ट्रिय समन्वय परिषद् माल्टालाई यहाँ बसोबास गर्ने नेपालीको साझा संस्थाको रुपमा विकाश गर्ने उल्लेख छ।

उनले माल्टामा रोजगारीका लागि आएका नेपाली दाजुभाई, दिदीबहिनी मात्र नभएर व्यवसाय र अध्ययन गर्न आएका सबै नेपालीको हितको लागि काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन्।

यस्तै, माल्टामा वैधानिक रुपमा कार्यालय स्थापना गर्नेतर्फ आफू सक्रिय रहने, नेपालमा लगानीको वातावरण मिलाउने, २५ हजार युरोसम्मको अक्षयकोष स्थापना गर्दै आपतकालीन कामका लागि प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले माल्टामा जन्मिएका नेपालीका बालबालिकालाई जन्मसिद्धको आधारमा अधिकार दिलाउने कुरामा माल्टा सरकारसँग समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।



No ads found for this position