कतारमा ‘हेम एण्ड माया फाउन्डेसन’को शाखा गठन

कतारमा ‘हेम एण्ड माया फाउन्डेसन’को शाखा गठन

दोहा । विगत लामोसमयदेखि सामाजिक कार्य गर्दै आएको हेम एण्ड माया फाउन्डेसनको शाखा कतारमा पनि गठन गरिएको छ ।

फाउन्डेसनको विश्वब्यापी रुपमा शाखा बिस्तार गर्ने निर्णय अनुसार शुक्रबार कतारको राजधानी दोहामा भएको कार्यक्रममा लोक जोगी सिमान्तको अध्यक्षमा २० सदस्सीय नयाँ कार्यसमिति गठन गरिएको हो

जसको प्रमुख सल्लाहकारमा सुक्पाल देवान,उपाध्यक्षमा विवश श्रेष्ठ,सचिवमा खगेन्द्र प्रसाद गौतम,सह सचिवमा निरकुमार जोगी,कोषाध्यक्षमा सान्तिला लिम्बू र सह–कोषाध्यक्षमा भक्त जोगी रहेको नवगठित फाउन्डेसनका अध्यक्ष लोक जोगी सिमान्तले जानकारी दिए।

यस्तै सदस्यहरु मुना लामा,बिना खत्री,सुस्मा लिम्बू,सुवानी लोहनी,रोशनी सुनुवार,सुवास देबकोटा,धनबिर जोगी,योगेश जोगी,मुक्त लिम्बू,खगेन्द्र रेग्मी,शेर बहादुर ओली,बिजमान गुरुङ तथा भिम रहेका छन् ।

हालसम्म यो फाउन्डेसन नेपालसहित भारत, साउदी, यूएई, कुवेत र मलेसियामा पनि बिस्तार गरिसकिएको जनाएको छ ।

नेपालमा कोरोना संक्रमाण उत्कर्षमा पुगेको बेला फाउन्डेसनले सय ग्रुप बनाएर देशैभर निशुल्क माक्सलगायत सेनीटाइजर समेत वितरण गरेको थियो ।

यस फाउन्डेसनका केन्द्रिय अध्यक्ष तथा बरिष्ठ समाजसेवी हेम थापा हुन् ।



No ads found for this position